२ मंसिर २०८१, आइतबार

राष्ट्रपतिका सल्लाहकार नेपालले दिएको राजीनामा स्वीकृत


डा. चिरञ्जीवी नेपाल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । नेपालले पदबाट दिएको राजीनामा राष्ट्रपति पौडेलले स्वीकृत गरेका हुन् ।

एक सयको नोटमा नेपालको अद्यावधिक नक्सा राख्ने सरकारको निर्णयबारे विवादास्पद अभिव्यक्ति दिएको भन्दै आलोचना भएपछि उनले राजीनामा दिएका थिए । सो राजीनामा राष्ट्रपति पौडेलले आइतबार स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै जानकारी दिएकी हुन् ।

“राष्ट्रपतिज्यू समक्ष आर्थिकविज्ञ डा. चिरञ्जिवी नेपालले दिनुभएको राजीनामा सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ । साथै, राष्ट्रपतिज्यूले डा नेपालले आफ्नो पदमा रही पुर्याउनुभएको सेवाका लागि धन्यवादसमेत दिनुभएको छ”, जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !