१२ आश्विन २०८१, शनिबार

रविलाई गगनको जवाफ : राजनीति छोड्न तयार छु, प्रमाण किन मेटाएको ?


गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी अनियमिततामा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय छानबिन समिति बनाए जुनसुकै चुनौती स्वीकार गर्ने बताएका छन् ।

आज शुक्रबार बसेको प्रतिनिधिसभाको बैठक अवरोध भएपछि संसद भवनबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले सहकारीबाट आफूले ऋण लिएको प्रमाणित भएमा राजनीति छोडिदिने स्पष्ट पार्दै प्रमाणित नभए थापाले राजनीति छाड्ने कि नछाड्ने भन्ने प्रश्न गदै थापालाई चुनौती दिएका थिए ।

गृहमन्त्री लामिछानेले थापालाई यस्तो चुनौती दिएपछि सोको जवाफ दिंदै कांग्रेस महामन्त्री थापाले लामिछानेमाथि लगाएको आरोप पुष्टि नभए आफू राजनीति छाड्न तयार रहेको स्पष्ट पारेका हुन् ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री थापाले पनि सबै चुनौती स्वीकार गर्न तयार रहेको बताएका छन् । उनले अहिले आफूहरुले माग गरेको समितिले सहकारीका सम्बन्धमा आएको समस्या समाधानको बाटो देखाउने बताए ।

थापाले आफ्ना बारेमा पनि आरोप लागेको उल्लेख गर्दै छानबिन गर्न समिति बनाइदिए हुने बताए । उनले आफूहरुले गृहमन्त्रीलाई बोल्न दिने तयारी गरेको भए पनि त्यसपछि कांग्रेसका कसैले पनि बोल्न नपाउने भनेर बोल्न रोक लगाइएको बताए ।

थापाले गृहमन्त्री लामिछानेले राज्यका संयन्त्रहरु प्रयोग गरेर जे-जे प्रमाण लुकाउनुपर्ने हो, लुकाइससकेको उनको दाबी छ । अब संसदीय समिति नबनेसम्म संसद नचल्ने थापाले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !