२ मंसिर २०८१, आइतबार

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक जेठ १ बस्ने गरी स्थगित


कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक जेठ १ बस्ने गरी स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक जेठ १ गते साँझ ६ गतेसम्मका लागि स्थगित गरिएको हो ।

कांग्रेसले निरन्तर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले जेठ १ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गर्दै काँग्रेसले धेरै समयअघिदेखि संसद अवरोध गर्दै आएको छ ।

प्रतिपक्षी दल काँग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री लामिछाने दोषी रहेको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको भने सत्तापक्षले भने समिति गठन गर्न नपर्ने भन्दै आएकोले संसद बैठक सुचारु रुपमा चल्न सकेको छैन ।

पहिलो बैठकमा कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले विरोध र नाराबाजी गरेपछि १५ मिनेटका लागि स्थगन भएको थियो । सभामुख देवराज घिमिरेले दोस्रो बैठकको कारबाही आरम्भ गर्नासाथ प्रतिपक्षीका सांसदले रोष्ट्रम घेराउसहित नाराबाजी गरेका थिए । यसपछि सभामुख घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिन खोज्दा विपक्षीदलका सांसदले अवरोध पुर्याएका थिए ।

सभामुख घिमिरेले आसनग्रहण गरी उपप्रधानमन्त्री लामिछानेका कुरा सुनेर आफ्ना कुरा राख्न आग्रह गर्दा पनि विपक्षी दलका सांसदले नमानेपछि आजको कार्यसूचीमा रहेका कार्यक्रम बैठक स्थगनको घोषणा गरे । सभाको अर्को बैठक आगामी जेठ १ गते मङ्गलबार साँझ ६ बजेका लागि तोकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !