१२ आश्विन २०८१, शनिबार

रविले डेढ वर्ष प्रधानमन्त्री बन्ने सम्झौता नगरेपछि काँग्रेस फाइल बोकेर कुदिरहेको छ : अध्यक्ष ओली


केपी शर्मा ओली

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डेढ वर्ष प्रधानमन्त्री बन्ने सम्झौता नगरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस फाइल बोकेर कुदिरहेको टिप्पणी गरेका छन् ।

आज शुक्रबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले गृहमन्त्री लामिछानका विषयमा संसदीय छानबिन समिति माग गरेर काँग्रेसले प्रतिशोध साँधेको आरोप लगाएका हुन् ।

ओलीले कांग्रेसले लामिछानेलाई जबरजस्त दोषी करार गर्न लागिपरेको बताए । ओलीले उजुरबाजुर कतै केही नभएको अवस्थामा कांग्रेसले लगातार छानबिन समितिको माग गरेर छुद्र राजनीति गरेको बताए ।

उनले लामिछानेमाथि प्रश्न उठाउने तर बोल्न समेत नदिने गरेर अराजनीतिक व्यवहार गरिरहेको बताए । उनले अहिले कांग्रेसले राजीनामा माग नगरेको भन्दै संसदीय छानिबन समिति बनेपछि पनि राजीनामा माग गर्न थाल्ने बताए ।

कांग्रेसको प्रधानमन्त्री बनाउने प्रस्ताव रविले अस्वीकार गरेपछि विभिन्न रिसर्च गरेर आरोप लगाएको ओलीको भनाइ छ । गठबन्धन छाडेर आए डेढ वर्ष प्रधानमन्त्री बनाउने भनेर रविलाई प्रस्ताव गरेको र त्यसमा सहमत नभएपछि कांग्रेसले सहकारीको मुद्दा उठाएको ओलीको दाबी छ । ‘यस प्रकारका छुद्र खेल खेलिनुहुन्न ।

कसैलाई धक्का पर्यो भन्दैमा यस प्रकारको छानबिन गर्ने ?’ ओलीले अगाडि भने, ‘उजुर पर्दैमा छानबिन गर्ने हो भने सबैका विरुद्ध उजुर पर्छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !