२२ भाद्र २०८१, शनिबार

रविलाई बोल्न दिएर गगन थापाले बालेपछि संसद् अवरुद्ध हुने


रवि लामिछाने र गगन थापा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज शुक्रबार बस्न लागेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखकका अनुसार आज शुक्रबार बसेको कांग्रेसको संसदीय दलको बैठकले लामिछानेलाई आफ्नाे कुरा राख्न दिने निर्णय गरेको हो ।

यद्यपि सुरुमा बैठक चल्न दिने निर्णय गरेपनि शीर्ष नेताले बोलेपछि लामिछानेमाथि छानबिन समितिको माग गर्दै बैठक अवरुद्ध पार्ने निर्णय गरेको बताए । सुरुमा शीर्ष नेताले बोलेर सकिएपछि कांग्रेसले गृहमन्त्री लामिछानेबारे छानबिनको माग गर्दै संसद् अवरुद्ध गर्ने भएको हो ।

उनका अनुसार बैठकको सुरुमै कांग्रेसले ‘ढ्यापढ्याप’ गरेर सभामुखको ध्यानाकर्षण गराएपछि सभामुखले दलीय प्रतिनिधित्वको आधारमा बोल्न समय दिएपछि नेता रामहरि खतिवडाले पार्टीको धारणा राख्नेछन् ।

खतिवडाले सहकारी छानबिन समितिको माग गर्ने र गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्नुपर्ने धारणा राखेपछि सभामुखले रास्वपा सभापति एवम् गृहमन्त्री लामिछानेले बैठकमा धारणा राख्न समय दिनेछन् ।

लामिछानेको बोलीमा असहमति जनाउँदै कांग्रेस सांसदहरूले ढ्याप–ढ्याप गर्दै उठेर बोल्ने समय माग्नेछन् । सभामुखले बोल्न दिएपछि महामन्त्री गगन थापाले कांग्रेसको धारणा राखेपछि कांग्रेसले बैठकमा अवरोध जारी राख्ने रणनीति अपनाएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु