२ कार्तिक २०८१, शुक्रबार

संसद् बैठकअघि एमालेको संसदीय दलको बैठक बस्दै


एमाले संसदीय दलको बैठक

काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । आज बस्न लागेको संसद् बैठकअघि एमालेको संसदीय दलको बैठक बस्ने भएको हो ।

एमाले संसदीय दलको बैठक आज साढे ११ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने गरी बोलाइएको हो । संसद्को बर्खे अधिवेशनमा सांसदहरुले खेल्ने भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।

आज बस्ने एमाले संसदीय दलको बैठकमा दलका नेता समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र आगामी दिनमा एमाले सांसदहरूले संसद‍्मा खेल्नुपर्ने भूमिकाबारे जानकारी गराउने कार्यक्रम रहेको सांसदहरूले बताएका छन् ।

मूल रुपमा बैठकमा एमाले संसदीय दलका नेता ओलीले सांसदहरुलाई प्रशिक्षित गर्ने भएका हुन् । संसद्को अधिवेशन आज दिउँसो २ बजे सुरु हुँदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !