२४ बैशाख २०८१, सोमबार

उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने


निर्वाचन आयोग नेपाल

काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनको प्रचारप्रसार आज राति १२ बजेबाट गर्न नपाइने बताएको छ । आयोगका अनुसार वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेबाट प्रचार गर्न निषेध गरिएको हो ।

निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जानकारी दिएको छ ।

वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ मा उपनिर्वाचन हुँदै छ । इलाममा १९ र बझाङमा ११ उम्मेदवार चुनावी मैदानमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !