२५ बैशाख २०८१, मंगलबार

सिंहदरबारको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने अखिल क्रान्तिकारीका विद्यार्थीहरु प्रक्राउ


पक्राउ

काठमाडौँ । विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका १६ जनालाई सिंहदरबारको दक्षिण गेटबाट प्रहरीले पक्राउ गरेको छ । सिंहदरबारस्थित निषेधित क्षेत्रमा बिरोध प्रदर्शन गरेका कारण उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिए ।

उनले भने, “सिंहदरबारको निषेधित क्षेत्रमा अखिल क्रान्तिकारी विद्यार्थी सङगठनका संयोजक मिलन राई, क्रान्तिकारी युवा सङ्गठन नेपालका कार्यालय सदस्य अविनाश कुँवर र पार्टी सचिवालय सदस्य हरिकृष्ण गजुरेलको नेतृत्वमा आन्दोलन गर्ने १६ जनालाई पक्राउ गरेका छौँ ।”

उनीहरुलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको प्रवक्ता अधिकारीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !