२२ बैशाख २०८१, शनिबार

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका लक्ष्मणकिशोर चौधरीद्वारा दाबी पेश


लक्ष्मणकिशोर चौधरी

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले दाबी प्रस्तुत गरेका छन् । नाउपाका चार जना प्रदेश सांसदसहित चौधरीले कांग्रेससहितका सांसदको समर्थनमा प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

नेपाली कांग्रेसका १८ जना, नाउपाका चार जना, नेकपा (एकीकृत समाजवादी)का चार जना र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक जनासहित २७ सांसदको हस्ताक्षर बुझाएर उनले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका छन् ।

चौधरीले कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नाउपा संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

लक्ष्मणकिशोर चौधरीद्वारा दाबी पेश


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !