१२ आश्विन २०८१, शनिबार

हर्बल उत्पादक संघको अध्यक्षमा सरस्वती राई निर्वाचित


हर्बल उत्पादक संघको अध्यक्षमा सरस्वती राई निर्वाचित

काठमाडौँ । नेपाल हव्र्स तथा हर्बल उत्पादक संघ (नेहपा) को १८ औँ वार्षिक साधारणसभाबाट कार्यसमितिको अध्यक्षमा सरस्वती राई निर्वाचित भएकी छन् ।

सोमबार सम्पन्न भएको साधारणसभाले निवर्तमान अध्यक्ष प्रेमराज तिवारी, वरिष्ठ उपाध्यक्षमा लैकु लामा, प्रथम उपाध्यक्षमा प्रसुन सत्याल, द्वितीय उपाध्यक्षमा नवराज शर्मा, महासचिवमा प्रवीनकुमार वास्तोला, सचिवमा शोभाकान्त बस्याल र कोषाध्यक्षमा सकलसिंह रोकायलाई निर्वाचित गरेको छ ।

त्यस्तै सदस्यमा मिनाकुमारी लामा, फर्सुराम आचार्य, डा. डिवी सुनुवार, सन्जिव पाण्डे, वसन्त पण्डित, राधा दाहाल, गङ्गा वाग्ले दाहाल, निखिल खण्डेलवाल, विन्ती गुरुङ र दिलबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त साधारणसभाले नेपाल हव्र्स तथा हर्बल उत्पादक सङ्घको योजना र कार्यक्रमको विषयमा छलफल गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !