२० असार २०८१, बिहिबार

प्रधानमन्त्रीसँग सवालजवाफ गर्न माग


krishna bahadur

३ असार, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा सञ्चालन नियमावली छिट्टै कार्यान्वयनमा आएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदले संसद्मा सवालजवाफ गर्न पाउनुपर्ने बताउनुभएको छ ।

यसअघि सभामुखसँग विशेष समय माग गर्दै सांसद डा. मीनेन्द्र रिजालले प्रधानमन्त्रीसँग सवालजवाफ गर्न पाउनुपर्ने माग राख्नुभएको थियो । प्रतिनिधिसभा सञ्चालन नियमावलीअनुसार महिनामा दुई पटक प्रधानमन्त्रीसँग सांसदले सवालजवाफ गर्नपाउने प्रावधान छ ।

संसद्मा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल चलिरहँदा सभामुखसँग विशेष समय माग गर्दैैै उहाँले सत्तापक्षका सांसद बस्ने बैठकस्थल खाली भएको देखाउँदै संसद् जनताप्रति उत्तरदायी नभएको आरोप लगाउनुभएको थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !