२१ बैशाख २०८१, शुक्रबार

कर्णालीका मुख्यमन्त्री शर्माद्वारा राजीनामाको घोषणा


राजकुमार शर्मा

काँक्रेविहार, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिने घोषण गरेका छन् । आज प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै उनले सो जानकारी गराएका हुन् ।

केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै उनले पदबाट राजीनामा दिएका हुन् । कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई मुख्यमन्त्री दिने सत्तारुढ दलबीच सहमति भएबमोजिम नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का तर्फबाट मुख्यमन्त्री बनेका शर्माले राजीनामाको घोषणा गरेका हुन् ।

मुख्यमन्त्री शर्माले सङ्घ र प्रदेशमा विकसित राजनीतिक अस्थिरताका कारण संसदीय अङ्क गणितको प्रहारमा प्रदेश सरकार रुमलिएको बताउनुभयो । उहाँले सत्ता समीकरणमा भएको फेरबदलका कारण प्रदेशका नियमित काममा अवरोध भएको अनुभव सुनाए ।

“सङ्घ र प्रदेशमा विकसित राजनीतिक अस्थिरताका कारण नियमित काम गर्न नसक्ने अवस्था आयो”, उनले भने, “राजनीतिक समीकरणमा भएको परिवर्तनले पटक९पटक विश्वासको मत लिनुपर्ने अवस्था आएको छ ।”

उनले कर्णाली प्रदेश समृद्धिका लागि सबै पक्ष सकरात्मक भएर लाग्नुपर्नेमा जोड दिए । उनले आफूले कार्यकालभर धेरै काम गरेको उल्लेख गर्दैै अझै कतिपय काम चाहेर पनि गर्न नसकेको बताए ।

डिजिटल कर्णालीका लागि आवश्यक रणनीति तथा कर्णाली लगानी सम्मेलनका लागि प्रयास भएको उनले बताए । “कर्णालीका २३ वटा स्थानीय तहलाई नमुना बनाउनेतर्फ पनि काम भएका छन्”, उनले भने, “योजना छनोटलाई वस्तुगत तथा प्रभावकारी बनाइएको छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !