२४ बैशाख २०८१, सोमबार

रेशम र रञ्जिताको विवाद मिलाउन प्रधानमन्त्री प्रचण्डले गरे छुट्टाछुट्टै छलफल


रेशमलाल चौधरी र रन्जिता श्रेष्ठ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रन्जिता चौधरी र संरक्षक रेशम चौधरीसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

नाउपामा रेशम र रञ्जिताको विवाद मिलाउन प्रधानमन्त्री प्रचण्डले आज बिहान रन्जितासँग छलफल गरेका प्रधानमन्त्री प्रचण्डले दिउँसो भने रेशमसँग छलफल गरेका हुन् ।

नयाँ सत्ता समीकरण र प्रदेश सरकारका विषयमा प्रधानमन्त्री प्रचण्डले दुवै जनासँग गरेका हुन् । श्रीमान-श्रीमतीबीचको विवादका कारण नाउपा विभाजन हुन नदिन र सत्ता गठबन्धन बलियो बनाइराख्न प्रधानमन्त्रीले प्रचण्डले सक्रिय भूमिका निर्वाह गरेका हुन् ।

प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा दुवैजनालाई मिलेर पार्टी एकता बचाइराख्न र प्रदेश तथा संघीय सरकारमा सहभागी हुन आग्रह गरेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !