१२ असार २०८१, बुधबार

एमाले समाजवादी मोर्चामा सहभागी हुन ओलीले प्रचण्डलाई दिएनन् ‘ग्रीन सिग्नल’


सिंहदरवारमा प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारमा दुई नेताबीच आज शुक्रबार भेटवार्ता भएको हो ।

सत्ता साझेदार दल नेकपा (एमाले) समाजवादी मोर्चामा सहभागी नहुने भएको छ । आज प्रधानमन्त्री प्रचण्ड’ र एमाले अध्यक्ष ओलीबीच भएको भेटवार्तापछि अध्यक्ष ओलीले एमाले समाजवादी मोर्चामा सहभागी हुन ओलीले ‘ग्रीन सिग्नल’ नदिएका हुन् ।

यद्यपि सञ्चारकर्मीले दुई नेताबीच के विषयमा कुराकानी भयो ? भनेर गरेको प्रश्नमा अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग समसामयिक विषयमा राम्रो छलफल भएको बताए ।

दुई नेताबीचको भेटवार्तामा समाजवादी मोर्चा, सरकारका काम कारबाही, प्रदेश भागबण्डा र शान्ति प्रक्रियाका बाँकी काम लगायत विषयमा छलफल भएको बुझिएको छ ।

फागुन २१ गते नयाँ गठबन्धन बनेर एमाले सत्ता सहयात्री भएपछि प्रचण्ड र अध्यक्षबीचको भेटघाट र छलफल बाक्लिँदै आएको छ । आज बिहान बसेको समाजवादी मोर्चाको बैठकले मोर्चामा एमालेलाई ल्याउनेबारे छलफल गरेको थियो ।

उक्त छलफलले अध्यक्ष ओलीसँग प्रचण्ड र नेता माधव नेपालले कुराकानी गर्ने निर्णय गरेको थियो । यस्तै अस्ति बिहीबार बेलुका नेकपा महासचिव विप्लव र नेता प्रकाण्ड ओली निवास बालकोट पुगेर दुई घण्टा छलफल गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !