२० बैशाख २०८१, बिहिबार

महरा पक्राउबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक जारी


माओवादी पदाधिकारी बैठक फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा समसामयिक राजनीति घटनाक्रम र नेताहरूको जिम्मेवारी सम्बन्धमा छलफल भइरहेको छ ।

सुन तस्करी प्रकरणमा जोडिएका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेको बारेमा पनि छलफल हुने बताइएको छ । आजको जारी बैठकलाई अर्थपूर्ण रुपमा मानिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !