२१ बैशाख २०८१, शुक्रबार

सर्वोच्च परिसरबाट हतियारसहित दुर्गा प्रसाईंका सुरक्षा गार्ड पक्राउ


सर्वोच्च परिसरमा बढाइयो सुरक्षा

काठमाडौँ । नेपाल प्रहरीले सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित आज दुई जनालाई पक्राउ गरेको छ । सर्वोच्च परिसरबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई व्यक्तिगत सुरक्षा गार्ड पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का र राजकुमार धिताल रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिए ।

उनले भने, “अत्याधुनिक हतियार लिएर अदालत प्रवेश गर्ने क्रममा त्यहाँ सुरक्षार्थ खटिएका प्रहरीले नियन्त्रणमा लिएर हामीलाई बुझाएको छ, उक्त विषयमा अनुसन्धान भइरहेको छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !