१२ असार २०८१, बुधबार

महरालाई विमानस्थलबाट सोझै पुर्याइयो सीआईबी कार्यालय


कृष्णबहादुर महरा सीआईबी कार्यालयमा

काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख एवं सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को लाजिम्पाटस्थित कार्यालयमा पुर्याइएको छ ।

महरालाई भैरहवा विमानस्थलबाट यती एयरलाइन्सको विमानबाट काठमाडौंको त्रिभुवन विमानस्थलबाट ल्याइएपछि सोझै सीआईबीको कार्यालय पुर्याइएको हो । ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले महरालाई विमानस्थलबाट गाडीमा लाजिम्पाटस्थित सिआईबीको कार्यालयमा लगिएको हो ।

सुन तस्करी प्रकरणमा मुछिएका महरा प्रहरीको निगरानीमा रहँदै आएका थिए भने रोल्पा हिँडेका भनिएका उनलाई कपिलवस्तुबाट पक्राउ गरिएको थियो । प्रहरीको निगरानीपछि महरा आफैंले काठमाडौं फर्किने चाहना गरेपछि विमानबाटै काठमाडौं ल्याइएको हो ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले महरासहितलाई तत्काल कारबाही गर्न लामिछानेले निर्देशन दिएका थिए । गृहमन्त्री लामिछानेले हिजो महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए ।

आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै उक्त निर्देशन दिएपछि महरा पक्राउ परेका हुन् ।

यो पनि पढ्नुहोस्

पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाडौँ ल्याइयो

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !