४ असार २०८१, मंगलबार

बाँसबारी छालाजुत्ता कारखाना जग्गा प्रकरणमा विनोद चौधरीको बयान लिइँदै


विनोद चौधरी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा उद्योगपति एवं नेपाली काँग्रेसका सांसद विनोद चौधरीको बयान लिने भएको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया सुरु गर्न आइतबार निर्देशन दिएका छन् । उनले सो प्रक्रिया आजै थाल्न सम्बन्धित पक्षलाई निर्देशन दिएको गृह मन्त्रालयले जनाएको हो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पनि सो प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।

आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै उक्त निर्देशन दिएका हुन् ।

गृहमन्त्री लामिछानेले नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासहितलाई तत्काल कारबाही गर्न लामिछानेले पनि निर्देशन दिएका छन् । गृहमन्त्री लामिछानेले आज महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु