११ श्रावण २०८१, शुक्रबार

राजनीतिमा हुनुपर्ने संस्कार र नैतिकताको खडेरी लाग्यो : शेखर कोइराला


डा. शेखर कोइराला

मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिमा संस्कार र नैतिकता आवश्यक रहेको चर्चा गर्दै वर्तमान अवस्थामा यसमा खडेरी परेकोमा गुनासो गरेका छन् ।

आज मंगलबार विराटनगरमा रहेको गुँरास पुस्तकालयको ५४औँ स्थापना दिवसको अवसरमा आयोजित सम्मान कार्यक्रममा नेता कोइरालाले लोकतन्त्रको विशेषतालाई अगाडि बढाउने जिम्मेवारीका साथ लाग्नु आवश्यक रहेको बताए ।

उनले विकृति, विसङ्गतिलाई चिरेर अगाडि बढी लोकतन्त्रलाई सुदृढ गर्नुपर्नेमा जोड दिए । उनले नैतिकताबिनाको राजनीतिको अर्थ नहुने भएकाले यस्तो राजनीति नगर्न नेताहरूलाई आग्रह गरे ।

मुलुकमा प्रजातन्त्र स्थापनामा महत्वपूर्ण भूमिका खेलेको गुराँस पुस्तकालय बरगाछी विराटनगरले आफ्नो ५४औँ स्थापाना दिवसको उपलक्ष्यमा सामाजिक तथा राजनीतिक क्षेत्रका दुई जना व्यक्तित्वलाई आज यहाँ सम्मान गरेको छ ।

‘स्व. मुक्तिप्रसाद यदुनाथ चापागार्इं’ सम्मानबाट राजनीतिक क्षेत्रमा पीताम्बर दाहाल र सामाजिक क्षेत्रमा उद्योगपति दीनबन्धु गोयललाई नगद र सम्मानपत्रद्वारा पुरस्कृत गरिएको हो ।

यस्तै साहित्यकार दधिराज सुवेदीलाई कदरपत्र र कक्षा आठमा उत्कृष्ट ङ्कल्याउने द्रोण डाँगी र सलिना राजवंशीलाई नगद पुरस्कारबाट पुरस्कृत गरिएको छ ।

सम्मानित व्यक्तित्वहरु गोयल, दाहाल, सुवेदी, कांग्रेस नगर सभापति दीपक चापागाईं, पुस्तकालयका अध्यक्ष सुनिल पाण्डे, लक्ष्मी पोखरेलले प्रजातन्त्र, लोकतन्त्र एवं सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेलाई पुस्तकालयले सम्मान गर्ने गरेको जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !