९ असार २०८१, आइतबार

राष्ट्रियसभाको अध्यक्ष चयन गर्न बैठक आज बस्दै


राष्ट्रियसभाको बैठक

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा राष्ट्रियसभाको बैठक आज बिहान ११ बजेर ९ मिनेटका लागि बोलाइएको हो ।

संसद सचिवालयका अनुसार आजको बैठकले राष्ट्रियसभाको अध्यक्ष चयन गर्दै छ । राष्ट्रियसभाको अध्यक्ष पदको लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का नारायण दाहालले उम्मेदवारी दर्ता गराएका छन् भने नेपाली कांग्रेसका सांसद युवराज शर्माले पनि उम्मेदवारी दर्ता गराएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !