१९ असार २०८१, बुधबार

कांग्रेसले भन्यो– प्रधानमन्त्री प्रचण्डले राजनैतिक बेइमानी गरे


कांग्रेसको संसदीय दलको बैठक फाइल फोटो

काठमाडौं । नेपाली काँग्रेस पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक बेइमानी गरेर विगतको सत्ता गठबन्धन भत्काएको आरोप लगाएको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा आज बसेको काँग्रेस संसदीय दलको बैठकले कांग्रेस गठबन्धनप्रति सदैव इमान्दार र प्रतिबद्ध रहेको र सहमतिअनुसार पालना गर्दै आएको भएपनि पछिल्लो समयमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालले अविश्वनीय ढंगले गठबन्धन भत्काएको बैठकपछि काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

बैठकका निर्णयबारे जानकारी गराउँदै कांग्रेसका प्रमुख सचेतक लेखकले गठबन्धन भत्काउन प्रधानमन्त्री दाहालले लगाएको आरोप काल्पनीक र तथाकथित भएको बताउँदै आफूहरुले यसलाई राजनीतिक बेइमानी ठहर गरेको बताए ।

विगतमा संविधानको रक्षा र लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढिकरढणका लागि कांग्रेससहित विभिन्न दल सम्मिलित गठबन्धन बनाएको र सोहीअनुसार निर्वाचनमा समेत भाग लिएको प्रमुख सचेतक लेखकको भनाई थियो ।

बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको तथा संघीय संसदमा प्रमुख प्रतिपक्षी दलका हैसियतमा रचनात्मक प्रतिप्रक्षीको भूमिका निर्वाह गर्ने निर्णय समेत गरेको र आजै समर्थन फिर्ताको जानकारी सभामुखलाई गराइने पनि प्रमुख सचेतक लेखकले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !