काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बिहान ८ बजेका लागि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक बोलाइएको हो ।
सरकारमा सहभागी हुने मन्त्रीको नाम र मन्त्रालयबारे टुङ्गो लगाउन केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्न लागेको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
उनका अनुसार जसपाको १२ सङ्घीय सांसद रहेका र जसपाले सरकारमा सहभागी हुने निर्णय यसअघि नै गरिसकेको छ । हिजो सोमबारदेखि लगातार बैठक बसे पनि जसपाले सरकारमा सहभागी हुने नहुने र कसलाई मन्त्री बनाउने भन्ने विषयमा निर्णय गर्न सकेको छैन ।