२१ बैशाख २०८१, शुक्रबार

एकीकृत समाजवादीले जोशी र बुढालाई सरकारमा पठाउने


भानुभक्त जोशी र धनबहादुर बुढा

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी हुने भएको छ । एकीकृत समाजवादीले नयाँ मन्त्रीमण्डलमा दुई जना मन्त्री सहभागी गराउने भएको हो ।

एकीकृत समाजवादी पार्टीबाट भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र धनबहादुर बुढा सहरी विकास मन्त्री बन्ने बालुवाटार स्रोतले बताएको हो ।

एकीकृत समाजवादीबाट मन्त्री बन्ने जोशी र बुढाको नाम समेत शपथका लागि राष्ट्रपति कार्यालयमा पुगेको पुगेको छ । योसँगै प्रचण्ड नेतृत्वको नयाँ मन्त्रीमण्डल २० सदस्यीय हुने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !