२३ भाद्र २०८१, आइतबार

माओवादीले अर्थमा वर्षमान र परराष्ट्रमा नारायणकाजीलाई पठाउने


नारायणकाजी श्रेष्ठ र वर्षमान पुन

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले आज दुई मन्त्रालय र मन्त्रीको नाम टुंग्याएको छ । माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयमा उपमहासचिव वर्षमान पुनलाई पठाइने भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज दिउँसो बसेको सत्ता गठबन्धनको बैठकमा भएको सहमतिअनुसार माओवादी केन्द्रले पाँच वटा मन्त्रालय पाउने भएको छ ।

यसअघि हितबहादुर तामाङले विनाविभागीय मन्त्रीको रुपमा सोमबार शपथ लिइसकेका छन् भने अव माओवादी केन्द्रमा दुई जना मन्त्रीको नाम टुंगो लगाउन बाँकी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !