१२ श्रावण २०८१, शनिबार

लुम्बिनीमा माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता


जोखबहादुर महरा

बुटवल । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले समर्थन फिर्ता लिएको जानकारीसहितको पत्र मुख्यमन्त्रीको सचिवालयमा बुझाएको बताए ।

लुम्बिनीका मुख्यमन्त्री चौधरीले नेकपा (माओबादी केन्द्र) का दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री चौधरीले अर्थमन्त्री धनबहादुर मास्की र सहरी विकास मन्त्री कृष्णा केसी (नमुना) लाई मुख्यमन्त्री चौधरीले पदबाट बुधबार बर्खास्त गरेका हुन् ।

माओवादीले समर्थन फिर्ता लिएपनि मुख्यमन्त्रीको पक्षमा बहुमत कायमै छ । माओवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री चौधरीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !