२१ बैशाख २०८१, शुक्रबार

सभापति देउवा र अध्यक्ष नेपालबीचको भेटवार्ता सकारात्मक


शेरबहादुर देउवा माधव नेपाल निवास कोटेश्वर

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।

नेपाल निवास कोटेश्वरमा सभापति देउवा र अध्यक्ष नेपालबीचको भेटवार्ता सकारात्मक भएको कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संचारकर्मीलाई बताए ।

कांग्रेसका सभापति देउवाले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग भेटेर आगामी दिनमा पनि सहकार्यको प्रस्ताव राखेका छन् । लेखकले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमका बारेमा केन्द्रित रहेर कुराकानी भएको बताए ।

लेखकका अनुसार प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक धोका दिएर गठबन्धन भत्काएको देउवा र नेपालको साझा बुझाइ थियो । लेखकले संवादलाई निरन्तरता दिने पनि बताए ।

पत्नी डा. आरजु राणा देउवा र नेता लेखकसहितलाई लिएर देउवा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । सभापति देउवा र अध्यक्ष नेपालबीच झण्डै एक घण्टा वार्ता भएको थियो ।

एकीकृत समाजवादीको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बस्न लागेको छ । बैठकमा नयाँ गठबन्धमा सहभागी हुने नहुने बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।

यसअघि हिजो मंगलबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई लिएर नेपाल निवास कोटेश्वर पुगेका थिए । प्रधानमन्त्री प्रचण्डले कांग्रेस र एकीकृत समाजवादीसहितको पुरानो गठबन्धन तोडेर नेकपा एमाले र रास्वपासहितको नयाँ गठबन्धन बनाएर मन्त्रिपरिषद पुनर्गठन गरेका छन् ।

यो पनि पढ्नुहोस्

पत्नी आरजु लिएर माधव नेपाललाई भेट्न कोटेश्वरमा देउवा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !