१८ बैशाख २०८१, मंगलबार

नवनियुक्त तीन मन्त्रीले लिए शपथ


नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । आज सोमबार साँझ राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहकावीच नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्याललाई शपथ गराएका हुन् । तामाङ यसअघि खेलकुद, गिरी स्वास्थ्य र अर्याल श्रममन्त्री भएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारमा नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) सहितका दलको नयाँ गठबन्धन बनेको छ ।

शपथसमारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगायत उपस्थिति रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !