१९ असार २०८१, बुधबार

बालुवाटारमा नयाँ गठबन्धन घोषणाको तयारी


नयाँ सत्ता गठबन्धन बैठक

काठमाडौँ । नयाँ गठबन्धन घोषणाको तयारी गरिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नयाँ गठबन्धन घोषणाको तयारी गरिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेवीच छलफल जारी रहेको छ ।

नयाँ गठबन्धन घोषणा गर्ने बारेमा बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र रास्वपाका सभापति लामिछानेवीच छलफल जारी रहेको हो ।

नयाँ गठबन्धनमा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) रहने निश्चित जस्तै भएको छ भने उक्त नयाँ गठबन्धनमा नेकपा(एकीकृत सम्जवादी) पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलाई पनि सहभागी गरिने तयारी गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !