१३ आश्विन २०८१, आइतबार

सत्ता गठबन्धनको बैठक आज बिहान बस्दै


सत्ता गठबन्धन

काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज बस्दै छ । गठबन्धनमा खटपट देखिएपछि आज बिहान ८ बजे बैठक बोलाइएको हो ।

गठबन्धन देखिएको खटपटकावीच बस्न लागेको बैठकलाई राजनीतिक वृत्तका चासोका साथ हेरिएको छ । आज बस्ने बैठकमा राष्ट्रियसभा अध्यक्षको निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

राष्ट्रियसभा अध्यक्षको निर्वाचन नजिकिंदै गर्दा सत्ता गठबन्धनमा गम्भीर समस्या देखिएर नेपालको राजनीतिले यूटन लिन सक्ने संकेतहरु देखिन थालेको छ ।

गठबन्धनमा खटपट बढेपछि नेताहरूको तीव्र दौडधुप बढेको हो । यसअघि आइतबार बिहान ओली र प्रचण्डवीच भेट भएको थियो । हिजै एमाले, माओवादी र कांग्रेसले आन्तरिक छलफल पनि गरेका छन् ।

एमालेका अध्यक्ष ओली हिजो साँझ पार्टी महासचिव शंकर पोखरेललाई साथमा लिएर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लगायतका नेताहरू बालुवाटार पुगेका थिए ।

यसैगरी नेपाली काँग्रेसबाट परराष्ट्रमन्त्री बनेका एनपी साउदको फिनल्यान्ड भ्रमण रद्द भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फिनल्यान्ड भ्रमणमा नजान निर्देशन दिएपछि मन्त्री साउदले भ्रमण रद्द गरेका हुन् ।

यसअघि पनि तत्कालीन परराष्ट्रमन्त्री विमला पौडेलले पनि जेनेभा उड्नै लागेका बेला भ्रमण रद्द गरेकी थिइन् । त्यतिबेला पनि प्रचण्डले भ्रमण रद्द गर्न निर्देशन दिएलगत्तै एमाले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !