![देवराज घिमिरे](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2024/02/Devraj-Ghimire235-1.jpg?fit=1024%2C597&ssl=1)
चितवन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशका निम्ति आवश्यक विधेयक संसद्मा पेस गरिने बताएका छन् । आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले चालु अधिवेशनमा सदनका विषयगत समितिबाट प्रस्तुत विधेयक पारित गर्ने सङ्कल्पका साथ अघि बढेको बताए ।
अघिल्ला दुई वटा अधिवेशन तयारीकै क्रममा सकिएको बताउँदै उनले अब जनताको चाहनाअनुसार ऐन बनाउन संसद् लाग्ने बताए । यो अधिवेशन विधेयक अधिवेशन भएकाले कानुन बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित भएको उहाँले दोहोर्याए ।
सभामुख घिमिरे सौराहामा आयोजित प्रदेश संसद् र प्रदेशसभा तथा संसद् सचिवालयअन्तर्गतका निकाय र व्यवस्थापिकाका अनुभव आदानप्रदान कार्यक्रममा सहभागी हुन चितवन आएका हुन् । कार्यक्रममा सातै प्रदेशका प्रदेशसभाका सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष सहभागी छन् ।