२२ बैशाख २०८१, शनिबार

सत्ता गठबन्धनले प्रधानमन्त्री फेर्ने बाहेक अरु काम गर्न सक्दैन : मिनेन्द्र रिजाल


डा. मिनेन्द्र रिजाल फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले सत्तारूढ गठबन्धनले प्रधानमन्त्री फेर्नेबाहेकको काम गर्न नसक्ने ठोकुवा गरेका छन् ।

आज मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता रिजालले ‘जय नेपाल’ भनेको ‘लाल सलाम’ र ‘लाल सलाम’ भनेको ‘जय नेपाल’ भएको नारा लगाएर चुनाव जितेका पार्टीहरूबाट धेरै आश गर्न नसकिने बताए ।

उनले अहिलेको गठबन्धनमा ५ वर्षको सम्झौता भएको भन्दै एमालेले फकाउन नसके प्रधानमन्त्री फेर्नुबाहेकको नयाँ काम हुन नसक्ने जिकिर गरे । उनले गठबन्धनका शीर्ष नेताले सत्ताबाहेक बाँकी सत्य नदेखेको पनि बताए ।

नेता रिजालले निर्वाचन प्रणाली नबदलेसम्म गठबन्धन बनिरहने पनि ठोकुवा गरे । रिजालले निर्वाचन प्रणाली बदल्नै पर्ने आवश्यकता रहेको बताएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !