७ मंसिर २०८१, शुक्रबार

सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक


कार्यव्यवस्था परामर्श समितिको बैठक फाइल फोटो

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सभामुख घिमिरेले आज सोमबार दिउँसो १:३० बजे संघीय संसद भवन नयाँ वानेश्वरको शंकर हलमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको हो ।

आज बुधबार नै अपरान्ह ४ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको हो । आज बस्ने प्रतिनिधि सभा बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।

यसैगरी बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने सङ्घीय सचिवालयले जनाएको छ । सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !