९ असार २०८१, आइतबार

सरकारले प्रतिशोध साध्यो, आतंक मच्चायो : विनोद चौधरी


विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं चौधरी ग्रुपका अध्यक्ष अर्बपति विनोद चौधरीले सरकारले प्रतिशोध साधेर आतंक मच्चाएको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस संसदीय दलको बैठकपछि नयाँबानेश्वरको संसद भवनअघि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद चौधरीले सरकारले उद्योगी व्यवसायीलाई तर्साइरहेको आरोप लगाएका हुन् ।

सीजी होल्डिङ्सका अध्यक्ष तथा आफ्ना भाइ अरुण चौधरी पक्राउ परेपछि आक्रोशित बनेका चौधरीले बाँसबारी छालाजुत्ता उद्योगको जग्गा नियम र प्रक्रियासंगत रूपमा सीजी ग्रुपले लिएकोमा सरकारले अहिले आएर प्रतिशोध साधेको बताएका हुन् ।

उनले बाँसबारी छालाजुत्ताको जग्गा सीजी होल्डिङले अनाधिकृत कब्जा गरेको अस्वीकार गरेका हुन् । चौधरीले लगानी सम्मेलनको मुखमा निजी क्षेत्रका अगूवाहरुलाई छानिछानि सिध्याउने षड्यन्त्रले उद्योगी व्यवसायीको मनोबल खस्किने आशंका व्यक्त गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !