४ मंसिर २०८१, मंगलबार

तत्काल बैठक बोलाउन बीपीका उपकुलपतिलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन


प्रधानमन्त्री प्रचण्ड फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक बोलाउन निर्देशन दिएका छन् ।

प्रतिष्ठानका उपकुलपति डा. प्रह्लाद कार्कीलाई आज आइतबार आफ्नो कार्यकक्ष सिंहदरबारमा बोलाएर प्रधानमन्त्री प्रचण्डले समितिको बैठक बोलाउन निर्देशन दिएका हुन् ।

यस्तै प्रधानमन्त्री प्रचण्डले सहकुलपति तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई फोन गरेर आइतबारको मितिले कानुनअनुसार २१ दिनको समय राखेर सिनेटको मिति तोक्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले २ माघमा स्वास्थ्यमन्त्री बस्नेतलाई बोलाएर बीपी प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकहरूका आवाज सुनेर समस्या समाधान गर्न निर्देशन दिएका थिए । बीपी प्रतिष्ठानमा कार्यरत चिकित्सक कर्मचारीहरू विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !