१३ आश्विन २०८१, आइतबार

टीआरसी सहमतिबाटै टुङ्ग्याइन्छ, टार्जेट पूरा नगर्ने मन्त्री परिवर्तन हुन्छन् : प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री प्रचण्ड भारत भ्रमण पूरा गरी स्वदेश फर्किए फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् अधिवेशन आह्वान हुने बित्तिकै टीआरसी विधेयक अघि बढाएर शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम सहमतिमै टुंगो लगाउनका लागि अब संसद्को अधिवेशन आह्वान हुनासाथ विधेयक अघि बढाउने बताएका हुन् ।

उनले सरकारका कामकारबाहीले गति लिन थालेको भन्दै आफूले सरकारको कामले गति नलिए र मन्त्रालयले आफ्नो जिम्मेवारीलाई ठिक ढङ्गले पुरा नगरे मन्त्रीमण्डल पुनर्गठन हुनसक्छ भनेर आफूले मन्त्रीहरूलाई भनिसकेको बताए ।

उनले नेपालको व्युरोक्रेसी क्षमताको हिसाबले दुनियाँको अन्य कुनै पनि देशको भन्दा कम नभएको भन्दै आँट लिने सवालमा भने केही कमी महसुस भएको बताए ।

उनले आफूले एक वर्षको अवसरमा गरेको सम्बोधनपछि गति लिएको पनि आफूलाई महसुस भएको बताएका छन् । उनले आफूले टार्जेट दिएर मन्त्रीहरुलाई काममा लगाएको उल्लेख गर्दै पूरा नगरे राम्रो हुँदैन भनिसकेको र परिवर्तन पनि हुने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !