६ जेष्ठ २०८१, आइतबार

सभामुख घिमिरेले विषयगत समितिका सभापतिसँग छलफल गर्दै


देवराज घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरुसँग संयुक्त छलफल गर्दैछन् । सभामुख घिमिरेले विषयगत समितिका सभापतिसँग छलफल बिहान ११ बजे सभामखुको कार्यकक्षमा गर्ने लागेका हुन् ।

प्रतिनिधि सभा अन्तर्गतका १० वटा विषयगत समितिहरु छन् । ती समितिमा रहेका विधेयकहरुको अवस्था लगायतका विषयमा सभामुख घिमिरेले छलफल गर्न लागेको सभामुखको सचिवालयले जनाएको छ ।

सरकारले यही माघ तेस्रो साता संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ । त्यसलाई प्रभावकारी बनाउने विषयमा सभामुख घिमिरेले संसदीय समितिका सभापतिहरुसँग छलफल गर्न लागेका हुन् ।

संघीय संसदको यसअघि सम्पन्न वर्षे अधिवेशनयता प्रतिनिधि सभामा निर्माण व्यवसायसँग सम्बन्धित एउटा मात्रै विधेयक दर्ता भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु