काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदै छन् । प्रधानमन्त्री प्रचण्ड अफ्रिकी राष्ट्र युगाण्डाको राजधानी काम्पालामा भएको असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्किन लागेका हुन् ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत माघ ४ गते युगाण्डा गणतन्त्र प्रस्थान गरेका थिए । उनी युगाण्डाबाट कतारको दोहामा नेपाली समयानुसार बिहान २ः४५ बजे अवतरण गरेका छन् ।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गंगा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू रहेका छन् । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आज बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछ ।