२४ बैशाख २०८१, सोमबार

मिसन ८४ पर्खिन नसक्ने अवस्था आउन सक्ने ओलीको विश्लेषण


केपी शर्मा ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ को पर्खिन नसक्ने अवस्था आउने विश्लेषण गरेका छन् ।

आज बिहीबार पार्टीको खेलकुद संगठन खेलकुद महासंघको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जनताको बलमा आन्दोलनमा उत्रिन पर्ने, देश बर्बाद हुनबाट जोगाउनुपर्ने बताएका हुन् ।

ओलीले पार्टीले सिठी बजाउँदा आन्दोलनमा पुग्ने गरी तयार हुन कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । उनले अहिलेको गठबन्धन देशका लागि हानिकारक रहेको आरोप लगाए ।

उनले अहिलेको गठबन्धन देशका लागि हानिकारक भएकोले समय घर्किनुअघि नै निर्णायक कदम चाल्नुपर्ने बताएका हुन् । ओलीले सरकार निकम्मा, भ्रष्टाचार, तस्कर र कमिसनखोरको संरक्षक भएकाले देश बर्बाद हुनबाट जोगाउन गठबन्धन भत्काउनेसम्म पहल गर्नुपर्ने बताए ।

उनले अहिलेको गठबन्धन लोभीपापीहरुको मिलेमतो भएकाले यसलाई भत्काउन गाह्रो हुने भन्दै आन्दोलनबाट सरकार हटाउन प्रयास गर्ने उद्घोष गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !