५ मंसिर २०८१, बुधबार

सरिता प्रसाईं राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष दलकाे प्रमुख सचेतक


Sarita Prasai सरिता प्रसाईं

२९ जेठ, काठमाडौँ ।  नेपाली काङ्ग्रेसले राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष दलकाे प्रमुख सचेतकमा सरिता प्रसाईंलाई मनोनीत गरेको छ । उहाँ पुर्व कृषि विकास राज्यमन्त्री तथा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य पनि हुनुहुन्छ । प्रसाई राष्ट्रिय सभा सदस्यमा प्रदेश नं १ बाट निर्वाचित भएकी हुन् ।

नेपाली काँग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले प्रसाईंलाई राष्ट्रिय सभामा संसदीय दलको प्रमुख सचेतकमा मनोनीत गरेको काँग्रेस संसदीय दलद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

विद्यार्थी जीवनदेखि नै सक्रिय राजनीतिमा लागेकी प्रसाई नेबिसंघ, तरुण दल र महिला संघको केन्द्रीय सदस्य हुदै नेपाली काङ्ग्रेस केन्द्रीय  तथा संबिधान सभा २०७० को सदस्य पनि हुनु भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !