२० बैशाख २०८१, बिहिबार

‘सङ्घीयता पूर्णरुपमा कार्यान्वयनमा आउन सकेन’


गणेशप्रसाद तिमिल्सिना

चितवन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महत्वपूर्ण ऐन बन्न नसक्दा सङ्घीयता पूर्णरुपमा कार्यान्वयनमा आउन नसकेको बताएका छन् । सञ्चारकर्मीसँग यहाँ आज कुराकानी गर्दै उनले सङ्घीयता कार्यान्वयनमा आए पनि केही ऐन बन्न बाँकी रहेका बताए ।

अध्यक्ष तिमिल्सिनाले भने, “हिउँदे अधिवेशनमा ती ऐन बन्ने विश्वास छ, त्यसपछि सङ्घीयता पूर्णरुपमा कार्यान्वयनमा आउँछ ।” सङ्घीयतका धेरै विषय कार्यान्वयनमा आइसकेको उनले बताए ।

प्रहरी समायोजनसम्बन्धी ऐन, निजामती सेवा ऐन र शिक्षा ऐन बन्न नसक्दा समस्या भएको अध्यक्ष तिमिल्सिनाले बताए । “शिक्षा ऐन छलफलको क्रममा रहेको छ”, उनले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !