७ जेष्ठ २०८१, सोमबार

राष्ट्रपति रामचन्द्र पौडेल आज बुटवल र तनहुँ जाँदै


रामचन्द्र पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज शुक्रबार बुटवल र तनहुँका फरक फरक कार्यक्रममा सहभागि हुने भएका छन् । शुक्रबार बुटवलमा हुने जितगढी किल्ला नेपाली सेनाबाट बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण कार्यक्रममा सहभागी हुनका लागि बुटवल जान लागेका हुन् ।

राष्ट्रपति पौडेलको उपस्थितिमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाकालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए । राष्ट्रपति पौडेल दिउसो १ बजे जितगढी किल्लामा आउने र किल्लाको अवलोकनपश्चात् हस्तान्तरण कार्यक्रममा सहभागी हुनेछन् ।

त्यसभन्दा अगाडि राष्ट्रपति पौडेल शुक्रवार नै गृह जिल्ला तनहुँ पनि जानेछन् । राष्ट्रपति पौडेलले भानु नगरपालिकास्थित पुर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समुद्घाटन गर्ने कार्यक्रम रहेको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए ।

राष्ट्रपति पौडेलको दोस्रो पटकको गृह जिल्लाको कार्यक्रममा सहभागी हुन लागेका हुन् । यसअघि असोज ६ गते सदरमुकाम दमौलीस्थित जिल्ला सभा हलको उद्घाटनका लागि राष्ट्रपति पौडेल तनहुँ गएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !