२ कार्तिक २०८१, शुक्रबार

नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठक सम्पन्न


नेपाल-भारत संयुक्त आयोग

काठमाडौँ । नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक सम्पन्न भएको छ । बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले आ-आफ्नो देशको प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।

बैठकमा द्विपक्षीय सहकार्य र आपसी हितका विविध विषयमा समीक्षा र छलफल भएको थियो ।साथै बैठकमा आर्थिक सम्बन्ध, कनेक्टिभिटी, व्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत, शिक्षा तथा संस्कृति र राजनीतिक लगायतका विषयगत क्षेत्रहरु अन्तर्गत नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो ।

भारतीय विदेशमन्त्री डा. जयशङ्कर दुई दिने भ्रमणका क्रममा आज नेपाल आइपुगेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !