१२ श्रावण २०८१, शनिबार

भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै


डा. एस जयशंकर फाइल फोटो

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा भारतका विदेशमन्त्री डा. एस जयशंकर दुई दिने भ्रमणका लागि आज बिहीबार काठमाडौँ आउँदै छन् ।

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन भारतीय विदेशमन्त्री जयशङ्कर नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राइले जानकारी दिए ।

भारत–नेपाल संयुक्त आयोग सन् १९८७ मा स्थापना भएको हो । उक्त मञ्चमा दुवै देशले मन्त्रीस्तरमा द्विपक्षीय साझेदारीका सबै पक्षको समीक्षा गर्ने गर्दछन् ।

भ्रमणका क्रममा विदेशमन्त्री जयशङ्करले यहाँको उच्च राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने छन् । नेपाल भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत प्राथमिक साझेदार हो । दुई घनिष्ठ र मित्रवत् छिमेकीबीच उच्चस्तरीय भेटघाट आदानप्रदानको परम्परालाई ध्यानमा राख्दै यो भ्रमण हुन लागेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !