८ पुस २०८१, सोमबार

एमालेलाई राष्ट्रिय शक्तिकारुपमा स्थापित गर्नुपर्ने


शङ्कर पोखरेल फाइल फोटो

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको आवश्यकताका हिसाबले एमालेको सामथ्र्य कमजोर रहेको बताएका छन् ।

राष्ट्रिय अपाङ्गता सङ्गठन नेपालको १६औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रम उनले एमालेलाई राष्ट्रिय आवश्यकता पूरा गर्नसक्ने बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न जरुरी भएको बताए ।

देशलाई आर्थिक समस्याबाट मुक्त गर्नेजस्ता चुनौतीबाट बाहिर निकाल्ने सङ्कल्पकासाथ पार्टी लाग्नुपर्ने बताउँदै उनले मुलुकलाई जोगाउन एमाले बलियो राष्ट्रिय पार्टीकारुपमा स्थापित हुन जरुरी छ, भने ।

महासचिव पोखरेलले सबैको प्रयासले एमाले अहिलेको ठाउँमा उभिन सफल भएको भन्दै उनले त्यसमा सन्तुष्ट भएर बस्न नहुने बताए । उनले पार्टीको सङ्गठनको दायरा फराकिलो बनाउन लागिरहेको भन्दै सबै समुदायलाई सङ्गठति गरेर पार्टीसँग जोड्नुपर्ने बताए ।

महासचिव पोखरेलले अपाङ्गताका नाममा भएका सामाजिक विभेद र उपेक्षालाई राज्यको कानुन र संरचनागत प्रबन्धद्वारा हटाउनुपर्ने बताए । उनले अपाङ्गता भएकाहरुको सम्मान गर्नुपर्नेमा जोड दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !