काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् ।
आज बिहीबार बिहान सामाजिक सञ्जाल एक्समा लेख्दै अध्यक्ष थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पर्यटनमन्त्री किरातीलाई तत्काल बर्खास्त गर्न माग गरेका हुन् ।
मन्त्री किरातीले ‘क्रिस्चियन धर्म नमान्ने सबै देशद्रोही हुन्’ भन्ने अभिव्यक्ति दिएसंगै उनको सामाजिक संजालमा चौतर्फी आलोचना सुरु भएको छ । मन्त्री किरातीले यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिएको थापाको भनाइ छ ।
थापाले मन्त्री किरातीलाई तत्काल पदबाट बर्खास्त गर्नुपर्नेमा जोड दिंदै पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाएको भन्दै उनलाई कानुनबमोजिम कारबाही गर्न पनि थापाले माग गरेका छन् ।
थापाले एक्समा लेखेका छन्, “क्रिष्टियन धर्म नमान्ने सबै देशद्रोही हुन्” भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने पर्यटन मन्त्री सुदन किराँतीलाई तत्काल वर्खास्त गर्नुपर्दछ। प्रम @cmprachanda @PM_nepal_को ध्यान जाओस्। पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाउने निजलाई कानुन वमोजिम कार्वाही गरियोस् ।’
"क्रिष्टियन धर्म नमान्ने सबै देशद्रोही हुन्" भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने पर्यटन मन्त्री सुदन किराँतीलाई तत्काल वर्खास्त गर्नुपर्दछ।प्रम @cmprachanda@PM_nepal_ को ध्यान जाओस्। पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाउने निजलाई कानुन वमोजिम कार्वाही गरियोस्
— Kamal Thapa (@KTnepal) December 21, 2023