२५ बैशाख २०८१, मंगलबार

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै


माओवादी केन्द्रको पदाधिकारी बैठक

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दै छ । माओवादी केन्द्रको पदाधिकारी बैठक आज बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो ।

हिजो बुधबारका लागि बोलाइएको बैठक नेताहरुको कार्यव्यस्थताको कारण आज बिहान बस्ने गरी स्थगित गरिएको थियो । आज बस्ने माओवादीको पदाधिकारी बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, सरकारको एक वर्षको समीक्षा, आगामी केन्द्रीय कमिटी बैठक, विधान अधिवेशन, पार्टीले सञ्चालन गरेको अभियान लगायत विषयमा छलफलपछि निर्णय हुने बताइएको छ ।

मंगलबार दिउँसो बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुपान्तरण अभियान, विधान सम्मेलन, राष्ट्रियसभा निर्वाचन, एकता समायोजन लगायत समसामयिक राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए ।

यस्तै इन्चार्जहरूले अभियान समग्रमा उत्साहजनक भएको रिपोर्टिङ गरेका थिए । मंगलबारको बैठकमा छलफल भएका विषयबारे आजको बैठकबाट निर्णय हुने एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !