२१ बैशाख २०८१, शुक्रबार

सर्वोच्चका प्रस्तावित सवै ६ न्यायाधीशको नाम सुनुवाइ समितिबाट अनुमोदन


संसदीय सुनुवाइ समिति

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका सवै ६ जनाकै नाम संसदीय सुनुवाइ समितिले आज अनुमोदन गरेको छ । आज बिहान बसेको संसदीय समितिको बैठकले सवै ६ जना प्रस्तावित न्यायाधीशको नाम अनुमोदन गरेको हो ।

गत मंसिर ५ गते न्याय परिषद्ले उनीहरूलाई सर्वोच्चमा नियुक्तिको सिफारिस गरेको थियो । संसदीय सुनुवाइबाट अनुमोदन हुने ६ न्यायाधीशहरुमा सुनीलकुमार पोखरेल, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सारंगा सुवेदी र अब्दुल अजीज मुसलमान रहेका छन् ।

गत मंसिर २९ गतेदेखि संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ सुरु गरेर सोमबार सुनुवाइ सकाएको थियो । सुनुवाइ सकिएकाले आज नाम अनुमोदन गरिएको हो ।

सुनुवाई समितिबाट नाम अनुमोदन भएसंगै उनीहरू नियुक्तिका निम्ति योग्य ठहरिएका छन् । समितिले उनीहरूको नाम अनुमोदन गर्ने निर्णय गरेपछि अव राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरी सर्वोच्च अदालतको न्यायाधीशका रूपमा कामकाज सुरु गर्ने छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !