२२ बैशाख २०८१, शनिबार

काँग्रेसको शेखर-गगन समूहको बैठक आज बस्दै


शेखर-गगन समूह

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहको बैठक आज बस्दै छ । संस्थापनइतर उक्त समूहले आज दिउँसो १ बजे काठमाडौँको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला आयोजना गर्न लागेको हो ।

हिजो मंगलबारका लागि तय गरिएको बैठक आज बस्न लागेको हो । पार्टी महामन्त्री थापाको समय मिलाएर हिजोका लागि तय भएको बैठक आजका लागि सारिएको थियो ।

उक्त समूहमा विवाद भएपछि महामन्त्री थापा पक्ष पनि सहभागी हुने गरी बैठक आजका लागि सारिएको थियो । पुस १६ देखि १९ सम्मका लागि तय गरिएको पार्टीको महासमिति बैठकलाई लक्षित गरेर शेखर-गगन समूहको बैठक बस्न लागेका हो ।

सो भेलामा आसन्न महासमिति बैठक, राष्ट्रिय सभा निर्वाचन, सरकारको प्रभावकारिता, सुशासनलगायतका विषयमा छलफल हुनेछ । भेलामा समूहमा रहेका पदाधिकारी, केन्द्रीय सदस्य, सांसद, प्रदेश सभापति, महाधिवेशनमा प्रतिस्पर्धा गरेका उम्मेदवार लगायत सहभागी हुनेछन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !