१२ आश्विन २०८१, शनिबार

एमालेको यात्रामा अवरोध गर्न खोज्ने पूर्वमन्त्री किरातीसहित १० जना पक्राउ


गोपाल किराती

विराटनगर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाल) को संकल्प यात्रामा अवरोध गर्न खोज्ने १० जना पहिचानवादी नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । आज मंगलबार प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा पूर्वमन्त्री एवं पहिचानवादी नेता गोपाल किरातीसमेत रहेका छन् । किरातीलाई खोटाङको हलेसीबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उदयपुर र खोटाङ जिल्लाबाट अहिलेसम्म १० जनालाई नियन्त्रणमा लिएको जनाएको हो ।

पक्राउ पर्नेमा जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट कोसी प्रदेशसभा सदस्य रहेकी मीना राई समेत छिन् । उनलाई भोजपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कोसी प्रदेशमा पहिचानवादी पक्षधरले आजदेखि मध्यपहाडी (पुष्पलाल) मार्गमा बन्द आह्वान गरेको छ । बन्दको अवज्ञा गरेको भन्दै उनीहरू आगजनीमा समेत उत्रिएका छन् । यही मंसिर १४ गतेदेखि सुरु गरिएको एमालेको झुलाघाट–चिवाभञ्ज्याङ संकल्पयात्रा मंगलबार कोसी प्रदेशमा प्रवेश गरेको हो ।

कोशी प्रदेशको आरम्भ सभा ओखलढुंगाको हर्कपुरमा केहीबेरमा हुदैछ । यसैबिच एमाले कार्यक्रम विथोल्न सक्ने भन्दै कोशीका मध्य पहाडी जिल्लामा कडा सुरक्षा व्यवस्था मिलाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !