१२ असार २०८१, बुधबार

एमालेले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता र मनपरीतन्त्र मौलायो : अध्यक्ष ओली


केपी शर्मा ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता र मनपरीतन्त्र मौलाएको बताएका छन् ।

महाकाली–मेची अभियानअन्तर्गत आज शनिबार अछाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आध्य्क्ष ओलीले एमालेले सरकार छोडेपछि भ्रष्टाचार, तस्करी, मौलाएको दाबी गरे ।

उनले एमालेले सरकार छोडेपछि भ्रष्टाचार र तस्करी मौलाएको जिकिर गरे । सरकारले गुन्डागर्दी र अपराधीलाई संरक्षण गरिरहेको आरोप समेत उनले लगाए । अहिलेको अवस्थालाई परिवर्तन र देश विकास गर्न एमाले चाहिने उनको भनाइ छ ।

देशलाई अघि बढाउने कामको नेतृत्व एमालेबाहेक अरू राजनीतिक दलहरूले गर्न नसक्ने उनले बताए । ओलीले एमालेको ध्येय नेपाल र नेपालीलाई समृद्ध बनाउने रहेको बताए ।

उनले समृद्ध नेपाल बनाउन सिङ्गै देशको विकास हुनुपर्ने उल्लेख गर्दै नेपाल जस्तो प्राकृतिक सुन्दरता, उर्वरता र खनिजहरूले सम्पन्नता भएको देश गरिब रहन सक्ने देश नभएको जिकिर गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !